सर्बोच्चले भन्योः नवराज सिलवाललाई छानबिन नगर्नु



काठमाडौं । सर्बोच्च अदालतले नेपाल प्रहरीका डिआईजी नवराज सिलवालमाथी कुनैपनि प्रकारको अनुसन्धान छानबिन र कारबाही नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्बोच्चका न्यायधीशत्रय जगदिश शर्मा पौडे,इश्वर खतिवडा र तेजबहादुर केसीको इजलाशले सिलवालले अदालतमा दायर गरेको मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म कुनैपनि प्रकारको कारवाही नगर्न अन्तरिम आदेश दिएको हो ।

सिलवालले सरकारले प्रकाश अर्याललाई आइजीपी बनाएपछि त्यसको विरुद्द सर्बोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्बोच्चले मुद्दाको पेसी बैशाख १९ गते तोकेको छ ।

सोमबार बिहान प्रहरीले सिलवाललाई पक्राउ गरेको थियो । सिलवाललाई छाड्नको लागि सर्बोच्चले सोमबारै आदेश दिएको थियो । सोमबार राती बिएण्डी अस्पतालमा पत्रकार सम्मेलन गरेर सिलवालले आफुलाई गैर कानूनी तरिकाले पक्राउ गरिएको बताएका थिए ।


क्लिकमान्डु