अस्पतालबाट नवराज सिलवालले भने : मेरो पक्राउ लोकतन्त्रको लागि खिल्ली



काठमाडौं । नेपाल प्रहरीका डिआईजी नवराज सिलवालले प्रहरीले प्रक्राउ पुर्जी बिना प्रक्राउ गरेको बताएका छन् । बिएण्डबी अस्पतालबाट पत्रकारहरुसँग कुरा गर्दै डिआईजी सिलवालले कुनै आधार बिना जबरजस्ती समातिएको बताए ।

उनले आफु जसको विरोधमा कानूनी लडाई लडेको उसैले समातेको र बयान लिएको भन्दै सिलवालले आफ्नो प्रक्राउबाट लोकतन्त्रको खिल्ली उडाइएको बताए ।

एउटा बरिष्ठ प्रहरी अधिकारी जसले कानूनी लडार्ई लडेको छ उसलाई हिरासतमा लिएर लोकतन्त्रको खिल्ली उडाइएको सिलवालको भनाई छ । स्वास्थ्य अवस्था खराब भएपछि सिलवाल अहिले बिएण्डबीमा भर्ना भएका छन् ।


क्लिकमान्डु