विश्वज्योती मलमा जारी मोबाइल महोत्सवमा ४० प्रतिशतसम्म छुट



काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा जमलको विश्वज्योती मलमा सुरु भएको मोबाइल महोत्सव बैशाखमहिना भर सञ्चालन हुने भएको छ । यस अघि चैत ३१ देखि बैशाख १० गतेसम्म मोबाइल महोत्सव संचालन गरिने मलले जानकारी दिएको थियो ।

सेवाग्राहीको उपस्थिती बाक्लो बनेका कारण महोत्सवलाई बैशाख महिनाभरी सञ्चालन गर्न लागिएको मोबाइल मार्टका अध्यक्ष प्रकाश महर्जनले जानकारी दिए ।

‘महोत्सव अवधिभर निशु्ल्क मोबाइल सर्भिसिंग गर्ने व्यवस्था मिलाएको छ, नयाँ मोबाइलको खरिदमा सातदेखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ,’ महर्जनले  भने ।

महोत्सव अवधिमा १० हजार रुपैंया भन्दा बढीको सामान गरिद गर्ने उपभोक्तालाई हात खाली नहोस् भनेर महलले उपहारको व्यवस्था गरिएको छ । साथै एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई महोत्सव अवधिभर मोबाइल खरिदमा विशेष छुटका साथै अफरको व्यवस्था गरिएको मजर्हनले जानकारी दिए ।

मोबाइल मार्टमा जेडटीई, लाभा, जियोनी, लेनोभो, इनफोकस, ओप्पो, साओमी, कुल प्याड, सामसुंग, ओभिआई लगायत एक दर्जन बढी ब्राण्डका आधिकारिक बिक्री केन्द्रहरु रहेका छन् ।


क्लिकमान्डु