सडक व्यापारी भन्छन्ः लोकतन्त्र आयो तर गरेर खाने दिन आएन




काठमाडौ । लोकतन्त्र आएको ११ वर्ष भयो । देशमा पछिल्लो एक दशकमा शासन व्यवस्थापनि परिवर्तन भयो ।

तर, कालिकास्थानमा रहेको बरको बोटनिर मकै पोल्ने माया लामाको मकै पोल्दै गर्दा भनिन्,‘ काम गरेर खाने ठाउँ पाइएको छैन, लोकतन्त्र आएर हामीलाई के भयो ? काम गरेर खान दिनको सट्टा हामीलाई मकै पोलेर बिक्री गर्न दिदैनन्।’

यही बाटोमा जुत्ता सिलाएर जीवन निर्वाह गर्ने ४० वर्षे विन्देश्वर महराको जीवनमा पनि लोकतन्त्र आएको छैन ।

‘खान लाउन समस्या छैन,दिनको डेढ दुई सयक कमाई हुन्छ’,उनले दुखेसो पोख्दै भने, ‘कुन बेला महानगरपालिका आएर सबै उठाएर लैजान्छ भनेर डराएर बस्नु पर्छ ।’

२५ वर्ष अगाडि खोला किनारामा बस्ने उनी बाढीले सबै बगाएर लगेपछि रेडक्रसले बनाएको उनी स्थानीय निकायको निर्वाचनमा भोट हाल्न जाने मनस्थितीमा पनि छैनन् ।

यस्तै ठेलागाडामा सिन्धुलीका कुलबहादुर खड्कालाई लोकतन्त्र आएको जानकारी भएपनि रोजगारीको वातावरण नभएको दिक्क मान्छन् ।

‘आफ्नो दुख गरेर खानु छ । कसैले आएर हामीलाई तपाईहरुको लागि रोजगारी बाटो बनाई दियौ भनेका छैनन् ’ उनले दुखेसो पोख्दै भने,‘ खान लाउनको लागि ठेलागाडा बाट आएकोले पुर्याउनुपर्छ, महंगी अत्याधिक छ ।’


क्लिकमान्डु