दुई चरणमा स्थानीय निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय



काठमाडौं । स्थानीय तहको निर्वाचन दुई चरणमा हुनेभएको छ । आइतबार मन्त्रिपरिषद्ले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

पहिलो चरणमा बैशाख ३१ गते ३, ४ र ६ नम्बर प्रदेशमा हुनेछ भने दोश्रो चरणमा जेठ ३१ गते १, २, ५ र ७ नम्बर प्रदेशमा निर्वाचन हुनेछ ।

मधेसी मोर्चा निर्वाचनमा सहभागी हुने भएकाले दुई चरणमा निर्वाचन गर्न लागिएको हो ।


क्लिकमान्डु