पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी दिने ‘वेलकम नेपाल’ मोबाइल एप



काठमाडौं । नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरु तथा विभिन्न क्रियाकलापहरु समेटिएको नेपाल पर्यटन बोर्डको मोबाइल एप ‘वेलकम नेपाल’ नयाँ वर्ष २०७४ को मौका पारेर पुन सार्वजनिक भएको छ । अन्तराष्ट्रिय र आन्तरिक पर्यटकहरुलाई लक्षित र मुलुकको पर्यटन पर्वद्धन गर्ने उद्देश्यसहित यो मोबाइल एप विकास गरिएको बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले यो मोबाइल एप सम्पूर्ण नभई प्रारम्भिक चरणको रहेको र आगामी दिनहरुमा आइओएस प्लेटफर्ममा पनि ल्याउने र विभिन्न प्रविधिको विकास गरिदै लगिने बताए । यस एपलाई एक पटक एप डाउनलोड गरिसकेपछि इन्टरनेट बिना पनि प्रयोग गर्न सकिने बताइएको छ ।

मोबाइल एपमा नेपाली पर्यटनको बारेमा सम्पूर्ण जानकारी राखिएको हुँदा पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने बताईएको छ । हाल यो एन्ड्रोइड भर्सन गुगल प्ले स्टोरमा उपलब्ध रहेको बोर्डले जनाएको छ ।


क्लिकमान्डु