दुई चरणमा स्थानीय निकायको निर्वाचन गर्ने सरकार र मोर्चाबीच सहमती



काठमाडौं । सरकार र मधेशी मोर्चाबीच दुई चरणमा निर्वाचन गर्ने सहमती भएको छ ।

शनिवार दिनभर प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संविधान संसोधन प्रस्तावलाई परिमार्जन गर्न सरकार तयार भएपछि मोर्चाले घोषणा गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।

निर्वाचन आयोगसँगको परामर्शमा निर्वाचन दुई चरणमा गर्ने सहमती भएको हो । बैशाख ३१ मा पहाडी क्षेत्र र तराईका केही जिल्लामा स्थानीय निकायको निर्वाचन हुने छ । यस्तै तराईका केही जिल्लामा अर्को चरणमा निर्वाचन हुने छ ।


क्लिकमान्डु