रघुराम राजनले देखे विश्व अर्थव्यवस्थामा नीतिगत अनिश्चिता आउने खतरा



नयाँ दिल्ली । सन् २००८ को आर्थिक मन्दीको भविष्यवाणी गरेका भारतीय रिजर्ब बैंकका पूर्व गभर्नर रघुराम राजनले आउने समयमा विश्व अर्थव्यवस्थामा नीतिगत अस्थिरता आउन सक्ने बताएका छन् ।

उनले विश्वमा नयाँ राजनीतिक नेताहरुको उदय भएको र उनीहरुले नीतिगत फैसला लिनको लागि अर्थव्यवस्थामा विश्वास जगाउन जरुरी रहेको बताए ।

राजनले एउटा अन्तरवार्ताको क्रममा भनेका छन्,‘ ट्रम्प प्रशाससनले अहिलेसम्म संरक्षण्वादी नीति पूर्ण रुपमा लागु गरेका छैनन् । धेरै ठाउँबाट यस्तो मागपनि भएको थियो । अमेरिकी प्रशाससनले मेक्सिको,चीन विरुद्ध कडा नीति लागु गरेको छैन।’

विश्व अर्थव्यवस्थामा सम्भावित खतरामा चर्चा गर्दै राजनले अनिश्चिताको सम्भावना भएपनि नयाँ अमेरिकी प्रशासनले आफ्नो काम सुरु गरेको र उसले गर्न काममा भर पर्ने बताए ।

‘ विश्वमा जुन नेताको उदय भएको छ, उनीहरुले सक्षम भएका प्रमाणित गर्न जरुरी छ’,राजनले अन्तरवार्ताको क्रममा भने,‘ यसले टकरावको स्थिती ल्याउन सक्छ।’ अमेरिकी मौद्रिक नीति सामान्य हुने र भारी कर्जामा डुबेका संस्थालाई थप दवाव सिर्जना हुने बताए ।

सन् २००८ को आर्थिक संकटको भविष्यवाणी गरेका राजन अहिलेको भारतको नरेन्द्र मोदी सरकारले लिएको नीतिको आलोचक मानिन्छन् । उनले अर्थतन्त्रको बारेमा गर्ने टिप्पणी विश्वमा चासोका साथ हेरिने गर्छ । ऐजेन्सी


क्लिकमान्डु