तपाईको मोबाइलमा इन्टरनेट स्लो छ भने यसरी बढाउनुस् स्पिड



काठमाडौं । मोवाइल फोनमा इन्टरनेट चलाउने गर्नु भएको छ र स्पिड स्लो भएर हैरान हुनुभएको छ भने यसबाट छुटकारा पाउन सकिन्छ ।
उपत्यका र मुख्य सहरी क्षेत्र आसपासमा मोबाइल इन्टरनेटको स्पिड ठिकै भएपनि नेपालको अन्य क्षेत्रमा भने स्लो इन्टरनेट चल्ने गरेको छ ।

डाटाको माध्यममा चल्ने मोबाइल इन्टरनेट स्लो हुने र मोबाइलमा भएको ब्यालेन्स सकिने हैरानी नियमित जसो तपाईँले भोगिरहनु भएको छ ।
यस्तो समस्याबाट छुटकारा पाउने र सहजरुपमा मोबाइल इन्टरनेट चलाउने केहि उपायहरु हामी तपाईँलाई यहाँ दिँदैछौं ।

मोबाइलमा इन्टरनेट स्लो भएर समस्यामा पर्नु भएको छ भने मोवाइल सेटिङमा केहि परिवर्तन गरेर तपाईँले मज्जाले मोबाइल इन्टरनेटको प्रयोग गर्न सक्नुहुनेछ । मोबाइल इन्टरनेटलाई सजिलो बनाउने केहि उपाय यस्ता छन् ।

१. मोबाइलमा इन्टरनेटको लागि विभिन्न किसिमका ब्राउजरहरु प्रयोग गरिएको हुन्छ । जसमध्ये तपाईको मोवाइलमा कुन इन्टरनेट ब्राउजर प्रयोग गर्नु भएको त्यो हेर्नुहोस् । सबैभन्दा धेरै प्रयोग हुने ब्राउजर हो गुगल क्रोम । यसको सेटिङमा गएर केही परिर्वतन गरेपश्चात तपाईको मोवाइलमा आफूले चाहेको पेजहरु सहज तरिकाले खुल्छ । त्यसको लागी क्रोमको क्याचे अबअजभ  फाईललाई सधै हटाउनुहोस् ।

२. क्रोमलाई सधै भ्वाइस सर्च मोडमा राख्नुहोस् । त्यसोगर्दा पेजमा फोटो आउँदैन र तपाइले सर्च गर्नुभएको फाइल चाँडो खुल्छ ।

३. इन्टरनेट स्पिड बढाउने लोभमा हामी अन्य सहायक एप्स मोवाइलमा राख्ने गर्छौ । यस्ता एप्सले तपाईँको मोबाइलको स्टोरेज प्रयोग गर्नुका साथै र्याम पनि प्रयोग गर्दछ । जसले तपाईँको मोबाइल फोनलाई झनै स्लो बनाई दिन्छ । जसले गर्दा इन्टरनेट झनै स्लो हुन्छ, त्यसैले सम्भव भएसम्म यस्ता एप्स नराख्दा राम्रो हुन्छ ।

४. फोनको इन्टरनल मेमोरीलाई सकभर खाली राख्नुहोस् जसले गर्दा तपाइको ब्राउजर सहज र चाँडो खुल्छ । तपाईँलाई अधिक स्टोरेज चाहिएमा छुट्टै मेमोरी कार्ड प्रयोग गर्नुहोस् ।

५. डाउनलोड फोल्डरमा धेरै फाइल नराख्नुहोस् । एकै पटक धेरै फाइल सकभर डाउनलोड नगर्नुहोस् । त्यसले तपाईँको फोनमा इन्टरनेट सहजरुपले चल्न सहयोग गर्छ ।

यति सामान्य उपायले तपाईँले आफ्नो मोबाइल फोनमा छिटो गतिमा इन्टरनेटको मज्जा लिन सक्नुहुनेछ ।


क्लिकमान्डु