एनसेलको नयाँ डाटा प्याक योजना



काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डाटा प्याकहरु ल्याएको छ । सो योजना अन्तरगत एनसेलका सबै ग्राहकहरुले अझै बढी डाटा भोलुमका साथ विभिन्न समयावधिका डाटा प्याकहरुको मजा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

एनसेलले ल्याएको नयाँ योजना वैशाख ७ गते देखि नै लागु भएको छ । योजनामा एनसेलका सबै ग्राहकहरुले न्युनतम ६ पैसा प्रति एमबि सम्ममा डाटा सेवा लिन सक्नेछन् ।

ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डाटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डाटा प्याक मध्येबाट कुनै पनि डाटा प्याक आफ्नो आवश्यकता अनुसार जति पटक पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

अल टाइम डाटा प्याक अन्तरगत एनसेलका ग्राहकले १० रुपैयाँमा २५ एमबि, २० रुपैयाँमा ६० एमबि, १ सय रुपैयाँमा ३ सय एमबि, १ सय ५० रुपैयाँमा ६ सय एमबि र २ सय ५० रुपैयाँमा १ हजार २ सय एमबि डाटा खरिद गर्न सक्नेछन् ।

डे डाटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डाटा प्याक भन्दा दोब्बर डाटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डाटा प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डाटा प्याक भन्दा चार गुणा बढी डाटा भोल्युम पाउनेछन् ।

डे डाटा प्याक अन्तर्गत ग्राहकले न्युनतम ११ पैसा प्रति एमबि सम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्नेछन् भने नाइट डेटा प्याक लिने ग्राहकले मात्र ६ पैसा प्रति एमबि सम्मको न्यून दरमा इन्टरनेट सेवाको प्रयोग गर्न सक्नेछन् । ३ सय एमबि, ६ सय एमबि र १ हजार २ सय एमबिका प्याकहरुको समयावधि ३० दिन रहेको छ र २५ एमबि र ६० एमबि का प्याकको समयावधि ३ दिनको रहनेछ ।

यो अफर ९० दिनको लागि मान्य हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 


क्लिकमान्डु