६ मधेस केन्द्रित दलबीच एकता



काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध छ दलबीच आज एकता भई ‘राष्ट्रिय जनता पार्टी’(राजपा) घोषणा भएको छ ।

नयाँ घोषित दलमा महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरत्सिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार नेपाल फोरम(गणतान्त्रिक) एकीकृत भएको हो ।

पार्टी एकतापछि पाँच पार्टीका अध्यक्ष रहेको अध्यक्षमण्डल गठन गरिएको छ जसमा ठाकुर, महतो, भण्डारी र यादवद्वय रहने तथा पाँचै दलका पदाधिकारी सम्मिलित पदाधिकारीको संयन्त्र रहने मोर्चाका नेता राजकिशोर यादवले जानकारी दिए ।

एकता घोषणा कार्यक्रममा पार्टीको चुनाव चिह्न ‘छाता’ रहने जनाइएको छ । हाल संसद्मा तमलोपाका ११, सद्भावनाका पाँच, रामसपा र तमसपाका तीन÷तीन तथा फोरम९गणतान्त्रिक० का एक स्थान छन् । ती सबै जोड्दा राजपाको संसद्मा २३ सदस्य हुनेछन् ।

एकीकरण घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष मण्डलका सदस्य ठाकुरले मधेस केन्द्रित दलहरुको एकता सम्पूर्ण मधेसका जनताको एकता भएको बताए । ‘संविधान संशोधनपछि मात्र हामीहरु निर्वाचनमा सहभागी हुने हुनेछौँ, यथास्थितिमा निर्वाचनमा सहभागी हुँदैनौँ’ उनले भने । रासस


क्लिकमान्डु