सामसंगको एस८ तथा एस८ प्लस नेपालमा सार्वजनिक, मूल्य क्रमशः ८८ हजार ९ सय तथा ९८ हजार ९ सय रुपैंयाँ



काठमाडौं। सामसंगको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बुधवार एक कार्यक्रमकाबिच नयाँ स्मार्टफोन सार्वजनिक भएको घोषणा गरेको हो ।

ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस नेपालमा सार्वजनिक गर्दै सामसंग नेपालका हेड, एचएचपी डिभिजन प्रणय रत्न स्थापितले ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस आविश्कारिक नयाँ डिजाइनमा ल्याईएको जानकारी दिए ।

ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लसको प्री बुकिंग वैशाख ७ गते बिहिवारदेखि शुरु गरेर वैशाख १९ गतेसम्म रहने छ । प्री बुकिंग गर्ने ग्राहकहरुलाई कम्पनीले करिब ९ हजार रुपैंयाको लेभल बक्स स्लीम उपहारमा दिने जानकारी दिएको छ ।

सामसंग नेपालले पहिलो पटक नेपाली बजारमा ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लसको प्री बुकिंग अनलाइन मार्फत गर्ने घोषणा गरेको छ । कम्पनीले यसअघि अफलाइनमा मात्र प्री बुकिंग लिने गरेकामा यसपटक भने आधिकारिक अनलाइनमा गएर प्री बुक गर्नुपर्ने हुन्छ ।
त्यसैगरि यो स्मार्टफोन वैशाख २२ गतेदेखि बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दियो ।

कम्पनीले बजारमा ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लसका साथै गियर भिआर, डेक्स, गियर ३६० क्यामरा पनि सार्वजनिक गरेको छ । फोनको मूल्य तोकिएपनि अन्य ग्याजेट्सको मूल्य तोकिएको छैन् ।

नेपाली बजारमा कम्पनीले सामसंगको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ को मूल्य ८८ हजार ९ सय रुपैंयाँ तथा ग्यालेक्सी एस ८ प्लसको मूल्य ९८ हजार ९ सय रुपैंयाँ तोकिएको छ ।


क्लिकमान्डु