एमाले अध्यक्ष ओलीको स्वास्थ्य राम्रो



काठमाडौं । नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैङ्कक गएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षणबाट सबै प्रतिवेदन राम्रो आएको पाइएको छ ।

अध्यक्ष ओलीका निजी सचिव अनिश दाहालका अनुसार पूर्वप्रधानमन्त्री ओली यही वैशाख ७ गते स्वदेश फर्कने कार्यक्रम छ । उनी गत चैत २६ गते त्यसतर्फ गएक थिए । उनका साथ पत्नी राधिका र निजी चिकित्सक डा दिव्या सिंह थाइल्याण्ड गएका छन् ।

अध्यक्ष ओली विदेश रहेका कारण स्थानीय निर्वाचनमा पार्टीको तयारीलगायत विषयमा छलफल गर्न यही वैशाख ३ गतेका लागि तोकिएको एमाले केन्द्रीय कमिटीको आठौँ पूर्ण बैठक स्थगन भएको थियो । रासस


क्लिकमान्डु