९० अर्ब भारु नतिरेका उद्योगपति माल्या लण्डनमा पक्राउ



लन्डन । भारतीय उद्योगपति बिजय माल्या मंगलबार लण्डनमा पक्राउ परेका छन् ।

उनी गत बर्षको मार्च देखि फरार थिए । बिभिन्न १७ वटा भारतीय बैंकहरुको करिब ९० अर्ब भारु ऋण तिर्न बाँकी रहेका उनी ठुला ‘बैंक डिफल्टर’ हुन् ।

६१ बर्षिय माल्या आज लण्डनको ‘वेस्ट मिनिस्टर म्याजिस्ट्रेट्स कोर्ट’मा प्रस्तुत हुँदैछन् ।

भारतले गत फेब्रेवरी ८ तारिखमै भारत र बेलायतको सुर्पुदगी सन्धी अन्तर्गत माल्यालाई सुपुर्दगी गर्न औपचारीक आग्रह गरिसकेको छ ।

गत महिना बेलायत सरकारले भारतीय आग्रहको प्रमाणीकरण गरी थप कारवाहिको लागि ‘डिस्ट्रिट जज’ समक्ष पठाएको थियो ।

माल्याले लण्डनमा अझै माथिल्ला तहका अदालतहरुमा जाने अधिकार भने छ ।

यस बर्षको जनवरीमा भारतको ‘सिबिआइ कोर्ट’ ले माल्याका बिरुद्ध धरौटीमा छुट्न नसक्ने वारेन्ट जारी गरेको थियो । उनी बिरुद्ध आइडिबी बैंकको ७ अर्ब २० करोड भारु ऋण नतिरेको आरोप लगाइएको थियो ।

माल्याको बन्द भैसकेको किङफिसर एअरलाइन्सले भारतका बिभिन्न बैंकहरुलाई ९० अर्ब भारु ऋण तिर्न बाँकी रहेको जनाइएको छ ।

एजेन्सीहरु


क्लिकमान्डु