राष्ट्रपति भण्डारीको यसरी गरे भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले स्वागत



काठमाडौं । भारतको पाँच दिने राजकिय भ्रमणमा भारत भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाईलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

भारतीय राष्ट्रपति बस्ने राजपथमा भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागत गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भारत भ्रमणबाट आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।

मंगलवार नयाँ दिल्ली विमानस्थलमा राज्यमन्त्रीबाट स्वागत भएको भन्दै सोसल मिडियामा चर्को आलोचना भएको छ । 

राष्ट्रपतिको सम्मानमा दिइएको ‘गार्ड अफ अनर’ पछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप मजबुद हुँदै जाने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले भारत र भारतीय जनताको प्रगती तथा सुख शान्तिको कामना गरे । सो अवसरमा आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसहित विशिष्ट व्यक्तिको उपस्थिति थियो ।  राससको सहयोगमा ।

तस्बिर स्रोत भारतीय विदेश मन्त्रालय


क्लिकमान्डु