क्लासिक टेकको डबल ईन्टरनेट अफर



काठमाडौं । क्लासिक टेकले नयाँ बर्ष २०७४ को उपलक्ष्यमा द्रूत गतिको ईन्टरनेट सस्तो मल्यमा प्रदान गर्नको लागि डबल इन्टरनेट अफर ल्याएको छ ।

सो अफरअन्तर्गत क्लासिक टेकको नयाँ वार्षिक जडानमा ग्राहकहरुले पहिलेकै सस्तो मल्यमा दोब्बर गतिको ईन्टरनेट पाउने भएका छन् । जस अन्तरर्गत १ एमबीपीएस अनलिमिटेड ईन्टरनेट लिने ग्राहकहरुले २ एमबीपीएस ईन्टरनेट ९९९ रुपैयाँ प्रति महिनामा नै पाउने कम्पनीले जानकारी दियो ।

साथै ३ एमबीपीएस अनलिमिटेड ईन्टरनेट लिने ग्राहकहरुले ६ एमबीपीएस ईन्टरनेट मात्र १ हजार ९९ रुपैयाँ प्रति महिनामा नै पाउनेछन् । यसका साथै, कम्पनीले अफर अबधिभर नयाँ ईन्टरनेट जडानमा लाग्ने खर्च जस्तै फाईबर केबल, फाईबर डिभाईस निशुल्क गराएको छ ।

यसलगायत विश्वकै उत्कृष्ट जीपीओएन प्रबिधिमा आधारित फाइबर टू दि होम ईन्टरनेट सेवामा कुनै पनि सेयरिङ रेसियो हुनेछैन ।  यो अफर बैशाख ३१ गते सम्मको लागि मात्र लाग हुने कम्पनीले उल्लेख गरेको छ ।


क्लिकमान्डु