राष्ट्रपतिको भारत भ्रमणको कारण भोली सार्वजनिक बिदा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भोलीदेखि सुरु लागेको भारतको पहिलो राजकिय भ्रमणको कारण सरकारले भोली सार्वजनिक बिदा दिएको छ । सरकारले राष्ट्रपति भारत जाने दिन सोमबार र फर्कने दिन शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपतिको भ्रमणमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गत कात्तिकमा नेपाल भ्रमणमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सरकारी बिदा दिइएको थियो । तर,यसको चर्को आलोचन भएको थियो । राष्ट्रपतिको इच्छा बिदा नदिनेमा थियो ।


क्लिकमान्डु