सर्वोच्चको आदेश विरुद्ध बोर्ड राख्दै महानगर




काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वोच्च अदालतको आदेश विरुद्ध उपत्यकामा विज्ञापन बोर्ड राखेको छ । २०७२ भदौमा सर्बाेच्चले महानगर क्षेत्रमा होडिङ बोर्ड नराख्न निर्देशन दिएको भएपनि महानगरले सो आदेश बिरुद्ध आफैले बोर्ड झुन्ड्याउन थालेको हो ।

महानगरले बैशाक १ गतेदेखि हर्न निषेध गरिएको सूचना दिनका लागि उपत्यकाका पोल, सडक, सार्वजनिक स्थानमा बोर्ड राखेको छ ।

महानगरका प्रमुख इश्वरीराज पौडेले हर्न निषेधको जानकारी सर्वसाधरणलाई दिनका लागि विज्ञापन बोर्ड राख्नु परेको जानकारी दिए ।

सर्वेच्च अदालतले २०७३ भदौमा उपत्यकामा जथाभावी विज्ञापन बोर्ड राखिएकाले दृश्य तथा वातावरणीय प्रदुषण भएकाले आम मानिसको स्वच्छ र स्वस्थ्य वातावरणमा हिड्डुल गर्ने अधिकार हनन भएकाले सो कार्य गर्न नगराउन महानगरलगायत ८ वटा संस्थालाई अन्तिरिम आदेश जारी गरेको थियो ।

महानगरले पनि २०७० सालमा दृश्य र वातावरणीय प्रदुषण हुने भएकाले सार्वजनिक स्थान, रोड, पोलमा टागिएका होडिङ बोर्ड निकाल्ने कार्य गरेको महानगरका एक अधिकृत बताउँछन् ।

उनी थप्छन्, नियम सबैलाई समान हुनु पर्छ, अरुले गरे गल्ति हुने, नियामक निकायले मन लागि गर्न पाउँने हुदैन,’ ती अधिकृतको भनाइ छ ।

महानगरले बिजुलीका पोल, सडक, सावजीनक स्थानमा व्यपारीक प्रयोजनले राखिएका विज्ञापन बोर्ड हटाइरहेको छ । विज्ञापन बोर्ड राखिराखेको अवस्थामा महानगरले भेटेमा ५ हजार रुपैयाँसम्मको जरिवाना गरिने गरेको महानगरका कर्मचारी बताउँछन् ।

के भन्छ महानगर ?
महानगर प्रमुख इश्वरीराज पौडेल भने ध्वनी र धुलो नियन्त्रणको लागि महानगरले जनचेतनामुलक कार्यक्रम संचालन गर्न सर्बाेच्चले आदेश दिएको बताउँछन् ।

‘अहिले हामीले ध्वनी प्रदुषण मुक्त गर्नका लागि हर्न निषेध विज्ञापन बोर्ड राखेर जनचेतना दिएका हौं, यो बोर्ड एक हप्ता भित्रमा हटाइने छ’ पौडेले भने ।


क्लिकमान्डु