अमेरिकाद्धारा अफगानिस्तानमा अहिलेसम्मकै ठूलो गैर परमाणु बमबाट आक्रमण



अमेरिका । अमेरिकाले अफगानिस्तानमा अहिलेसम्मकै गैर परमाणु बाट आक्रमण गरेको छ ।

आंतकवादी संगठन आइएसएसलाई समाप्त गर्न अमेरिकाले अहिलेसम्मकै ठूलो गैर परमाणु बमबाट आक्रमण गरेको अमेरिकाले जनाएको छ ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार जिबियु ४३ नाम दिइएको बमको तौल २३ हजार टन रहेको छ ।

आइएसआईको तालिम केन्द्रलाई लक्षित गरेर यो आक्रमण गरिएको हो । यो गैर परमाणु बममा सबैभन्दा खतरनाक बम मानिन्छ । अन्तराष्ट्रिय संचारमाध्यमले यसलाई ‘ मदर अफ अल बम’ भनेका छन् । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ट ट्रम्प निर्वाचित भएपछि आइएसएसको लडाईमा कठोर कदम मानिएको छ । बमबाट भएको क्षतीको विवरण अहिलेसम्म आएको छैन ।


क्लिकमान्डु