नयाँ वर्षको उपलक्ष्यमा एनसेलको रोमिङ् योजना



काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा रोमिङ्मा भ्वाइस, डेटा र एसएमएस सेवाप्रयोग गर्ने सबै प्रिपेड र पोस्टपेड ग्राहकका लागि आकर्षक रोमिङ् योजनाहरु ल्याएको छ ।

यो योजनाअन्तर्गत एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकका लागि दैनिक डेटा रोमिङ् प्याक, दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याकल्याएको छ, जस अन्तर्गत एनसेलकाग्राहकले आफु रोमिङ्मा रहेको समयमापनिआफ्ना परिवार, आफन्त तथा संम्बधित देशका व्यवसायिक साझेदारहरुसँग सुलभ दरमा सम्पर्कमा रहन सक्नेछन् । यो अफर यहिबिहीबार (चैत्र ३१) देखि लागु हुनेछ ।

दैनिक रोमिङ् डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले यो सेवा निःशुल्क सुचारु गरि कर सहितमात्र ५ सय रुपैयाँमा अनलिमिटेड डेटाको मजालिन सक्नेछन् । यो सेवा एक पटक सुचारु गरे पछि ग्राहकले निष्कृय नगरेसम्म सुचारु रहिरहने छ । नेपालको समय अनुसार हरेक मध्य रातमा यो सेवा स्वतःनविकरण हुनेछ, शुल्क ५ सय रुपैयाँ भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात् प्याक नविकरण भए पनि डेटा प्रयोग नगरेमा प्याक बापतको शुल्क लाग्ने छैन ।

दैनिक रोमिङ् डेटा प्याक भारत, चिन, हङकङ, अमेरिका, बेलायत लगायतका ५३ देशमा लागु हुनेछ ।
त्यसैगरी आफु यात्रामा भएको समयमाभ्वाइस र एसएमएस सेवा चाहने ग्राहकले कर सहित मात्र ५ सय रुपैयाँ मा दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याकलिन सक्नेछन् । यो प्याकअन्तर्गत ग्राहकले रोमिङ्मा रहेको समयमा नेपालमा कल गर्न र सम्बन्धित रोमिङ् देश भित्र कल गर्नका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमनकलका साथै २५ वटा एसएमएस पठाउन सक्नेछन् । यो प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुनेछ ।

आफ्नो सञ्चार सेवाको आवश्यकता बमोजिम, ग्राहकले भ्वाइस र एसएमएस प्याकजति पटक पनि लिन सक्छन् । यो प्याकभारत, चीन, हङकङ, अमेरिका, जमर्नी , युएईलगायतका विभिन्न ३५ गन्तव्यहरुमा लागु हुनेछ ।

एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि प्राप्त जानकारी अनुसार दैनिक रोमिङ् डेटा प्याक र दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक सुचारु गर्न सक्नेछन् ।

यसका साथ–साथै एनसेलको प्रिपेड रोमिङ् सेवा उपलब्ध रहेका गन्तव्यहरुमा आफ्ना प्रिपेड ग्राहकका लागि रोमिङ् सेवा स्वत उपलब्ध हुने बनाएको छ । यस अन्तर्गत जब प्रिपेड ग्राहकहरु आफ्नो मोबाइल लिएर विदेश भ्रमणमा जान्छन् उनीहरुलाई सम्बन्धित देशमा पुग्ने बितिकै रोमिङ् सेवा स्वत उपलब्ध भएको जानकारी गराइने छ । भारत र चीनको लागिभने प्रिपेडमा स्वत रोमिङ उपलब्ध हुने छैन, ग्राहकले आफु यात्रामा जानु अघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि निर्देशन अनुसार रोमिङ सेवा सुचारु गर्नुपर्नेछ ।

दैनिक भ्वाइस र एसएमएस प्याक प्रयोग गर्ने समयसीमा वा प्याकमा उपलब्ध भोल्युम सकिए पछि नियमित रोमिङ् शुल्क लागु हुनेछ । दैनिक रोमिङ डेटा प्याक सुचारु गरेका ग्राहकले ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि प्राप्तनिर्देशनअनुसार सेवा निष्क्रिय गर्न पनि सक्छन् । एनसेल काग्राहकले एस्ट्रिक्स १०१ ह्यास डायल गरी आफ्नो प्याकहरुमा के कति सेवाहरु बाँकी छन् भनेर हेर्न पनि सक्छन् ।


क्लिकमान्डु