स्वास्थ्यमन्त्री गगन थापाको आग्रहः २०७४ मा स्वस्थ रहन यी ५ प्रतिबद्धता जनाउनुहोस्



काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले नागरिकलाई स्वस्थ बन्नको लागि पाँच प्रतिबद्धता अपनाउन सुझाव दिएका छन् ।

गगनले दिएका पाँच प्रतिबद्धतामा रक्सी चुरोट नखाने,नियमित व्यायाम गर्ने,स्वस्थ र पोशिलो खाना,नियमित स्वास्थ्य परिक्षण र आफु र आफ्नो परिवारको तथा समुदायको स्वास्थ्य प्रति सजक रहने रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले भोलीदेखि मेरो वर्ष २०७४ म स्वस्थ र मेरो देश स्वस्थ अभियान सुरुवात गर्दै छ । जसमा स्वस्थ रहनको लागि ५ प्रतिबद्धता राखिएका छन् ।
अभियानको सुरुवात प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गर्ने छन् ।

अभियानमा देशभरका विद्यालयसँगको साझेदारीमा गरिने स्वास्थ्यमन्त्री थापाले जानकारी दिए ।

‘नागरिक आफ्नो स्वास्थ्यप्रति सजक रहने हो भने परिवारले र राज्यले स्वास्थ्यमा ठूलो धनराशी खर्च गर्नुपर्ने छैन’ उनले भने ।


क्लिकमान्डु