विश्वज्योती मलमा मोबाइल मार्ट संचालनमा, दर्जन बढी ब्राण्डका बिक्री केन्द्र



काठमाडौं। नयाँ वर्षको उपलक्ष्य पारेर विश्वज्योती मलमा मोबाइल मार्ट सञ्चालनमा आएको छ । एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका साथ विश्वज्योती मोबाइल मार्ट सञ्चालनमा आएको हो ।

सोही अवसरमा मार्टले १० दिने मोबाइल महोत्सव पनि सुरु गरेको छ ।

मार्ट स्थापना तथा नयाँ वर्षको अवसरमा सुरु गरिएको मोबाइल महोत्सवमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पाइने बताईएको छ । साथै महोत्सव अवधिभर निशु्ल्क मोबाइल सर्भिसिंग गर्ने व्यवस्था मिलाएको मार्टले नयाँ मोबाइलको खरिदमा सातदेखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जनाएको छ ।

मोबाइल मार्टका अध्यक्ष प्रकाश महर्जनले एउटै छानाबाट धेरै ब्राण्डका मोबाइल बिक्री बितरण गर्दै ती ब्राण्डका मोबाइलको सर्भिसिंग पनि सोही स्थानबाट दिन लागिएको बताए ।

महोत्सव अवधिमा १० हजार रुपैंया भन्दा बढीको सामान गरिद गर्ने उपभोक्तालाई हात खाली नजाने उपहारको पनि व्यवस्था गरिएको छ । साथै एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई महोत्सव अवधिभर मोबाइल खरिदमा विशेष छुटका साथै अफरको पनि व्यवस्था मोबाइल मार्टले गरेको जनाएको छ ।

विश्वज्योती मलको तेस्रो तल्लामा रहेको मार्टमा एक दर्जन बढी ब्राण्डका आधिकारिक बिक्री केन्द्रहरु रहेका छन् ।


क्लिकमान्डु