११ हजारको किस्तामा गाडी, मोटर साइकलमा घुम्ने खर्च, इन्टरनेटमा डब्बल धमका



काठमाडौं । २०७३ साल अब हामीबीच रहेन । सारा नेपालीहरु २०७३ को बिदाइ भन्दा २०७४ को स्वागतको बढी तयारीमा छन् । मोबाइल एसएमएस, टेलिफोन, सामाजिक संजाल जस्ता माध्यमबाट नयाँ बर्षको शुभकामना आदान प्रदान चलिरहेको छ ।

नेपाली मात्रको यो नयाँ बर्ष बिषेश तरिकाले मनाउने गरिएको छ । नयाँ बर्षमा नयाँ ठाउँ घुम्न जाने, नयाँ सामाग्री किन्ने, केही नयाँ बानी बसाल्ने, कुलत फाल्ने मात्र होइन नयाँ काम सुरु गर्नलाई पनि धेरैले नयाँ बर्षको दिन कुरेर बस्ने गरेका छन् ।

उद्योग ब्यबसाय वा बन्द ब्यापार गर्नेहरुले नयाँ बर्षदेखि आफ्नो ब्यवसाय नयाँ तरिकाले अगाडि बढाउने योजना बनाएका हुन्छन् । केही ब्यापारिक फर्महरुले नयाँ बर्षका नयाँ र बिशेष स्कीमहरु पनि ल्याइसकेका छन् । यस्ता केही स्कीमहरु तपाइलाई उपयोगी हुन सक्छन् भनेर हामीले यहाँ प्रस्तुत गरेका छौं ।

गाडीमा कस्तो योजना छ ?
तपाइ निजी गाडी किन्ने सोचमा हुनुहुन्छ भने नयाँ बर्ष गाडी किन्ने उपयुक्त समय हुन सक्छ । किनभने विभिन्न कम्पनीहरुले नयाँ बर्षको उपलक्ष्यमा विभिन्न स्कीम राखेर गाडी बिक्री गरिरहेका छन् । गाडी किन्दा कुन किन्ने हो त्यो तपाइ आफै छनोट गर्नुहोला । हामीले कुन गाडीमा के कस्तो स्कीम छ भनेर मात्रै दिएका हौं ।

ड्याटसन
ड्याटसनको १३ लाख ९९ हजार रुपैयाँ पर्ने गाडीमा ‘बाई नाउ प्ये ल्याटर’ अफर राखिएको छ । ७.९९ प्रतिशत व्याज दरमा १० हजार ९ सय ७ रुपैयाँ मासिक किस्तामा गाडी किन्न सकिने कम्पनीले जानकारी दिएको छ । ३ महिनासम्मको ब्याज नलाग्ने र ब्याजदर ३ महिनापछि मात्र लागु हुने कम्पनीले जानकारी दिएको छ ।

हुण्डाई
हुण्डाई मोटर्सका नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली नयाँवर्ष २०७४ लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले बैंकको शर्त पालना गरेमा एक हप्ताभित्र नै शुन्य प्रतिशत ब्याजमा फाइनान्सीङ्ग सुबिधा पाउनेछन् । हुण्डाई गाडीहरु ४ वर्ष निःशुल्क सर्भिसीङ्ग र ३ वर्ष वारेन्टी सहित उपलब्ध छन् ।

रेनोल्ट
महिनाको १३ हजार ३ सय ५७ रुपैयाँ तिरेर रेनोल्टको क्विड चढ्न सकिने भएको छ । रेनोल्टको नेपालका लागि आधिकारिक बितरक, एडभान्स अटो मोबाइल्सले एक्सचेन्ज कार्निभल नेपालका मूख्य शहरहरुमा सुरु गरेको छ । योजनामा रेनोल्ट डस्टर महिनाको २८ हजार २ सय रुपैयाँ तिरेर चढ्न सकिने छ ।

रेनोल्टको क्विड तथा डस्टर मोडलसँग एक्सचेन्जको सुविधा उपलब्ध हुनेछ । यो अफर अन्तर्गत रेनोल्ट क्विड वा डस्टर एक्सचेन्ज वा खरिदमा न्यूनतम मासिक किस्ताबन्दीमा किन्न सकिनेछ । यसको लागि प्रतिवर्ष ८.९९ प्रतिशतको ब्याज दरमा सहज फाइनान्स तथा एक्सचेन्जको सुविधा छ । त्यसैगरी नगद छुट, २ वर्षको निशुल्क सर्भिस, १ वर्षको निशुल्क सडक करका साथै ५ वर्षसम्मको बिस्तारित वारेन्टी ग्राहकले प्राप्त गर्न सक्ने छन् ।

मोटरसाइकलमा कस्तो योजना छ ?

बजाज
बजाज मोटरसाइकलको अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७४ का लागि नगद छुटसहितको विशेष योजना ल्याएको छ । ‘सुन्दर रमणीय नेपाल, घुमौं बजाजसँग तराई, पहाड र हिमाल’ भन्ने नारासहित नयाँ वर्षमा पर्यटनलाई समेत प्रवद्र्धन गर्नेगरी योजना ल्याएको कम्पनीले जानकारी दिएको छ । यो योजनाअन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्दा हरेकले तत्काल ७ हजार ४ सय रुपैयाँ नगद छुट पाउनेछन् । त्यसपछि ग्राहक स्वतः कम्पनीले चलाएको लक्की ड्रमा समावेश हुनेछन् ।

जसमार्फत एक व्यक्तिले मनपर्ने नेपालका विभिन्न स्थानको भ्रमण गर्न ७४ हजार रुपैयाँ भ्रमण खर्च जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यामाहा
यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्षको उपलक्ष्यमा ८ हजारदेखि ५० हजार रुपैयाँसम्म नगद छुटको योजना ल्याएको छ ।

‘विश काउन्ट’ नाम दिइएको योजनामा यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै ८ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म नगद पुरस्कार पाउनेछन् । साथै, हरेक साता हुने लक्की ड्रमा ग्राहकले १ लाख रुपैयाँसम्मको बम्पर उपहार पाउने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै कम्पनीले आप्mना मोटरसाइकल तथा स्कुटरमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा पनि छ ।

महिन्द्रा
महिन्द्रा टु–व्हीलर्सको आधिकारिक वितरक अग्नि मोटो इन्कले नयाँ वर्षको अवसरलाई लक्षित गर्दै ‘नयाँ वर्षमा यसपाली, स्क्र्याच गरौं दुईताली’ नामक योजना बजारमा ल्याएको छ ।

यो योजना अन्तर्गत महिन्द्रा स्कुटर तथा मोटरसाइकल खरिदकर्ताका लागि ४ सय प्रतिशतसम्म क्यासब्याक बोनसको अवसर रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार हरेक खरिदमा पाउने स्क्र्याच कार्डमा २ पटकसम्म स्क्र्याच गर्न सकिने छ । पहिलो स्क्र्याचमा ग्राहकले १ लाखसम्म र दोश्रोमा उक्त रकमको ४ सय प्रतिशतसम्म बोनस क्यास जित्ने अवसर दिइने कम्पनीले जानकारी दिएको छ ।

होन्डा
होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्षको अवसरमा नगद पुरस्कार योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले प्रत्यक होन्डा मोटरसाइकलको खरिदमा स्क्र्याचकार्ड मार्फत ४ हजारदेखि १ लाखसम्म जित्न सक्नेछन् । त्यस्तै कम्पनीले ५ वर्षको फ्रि सर्भिसिङ र स्पेयर पार्टसमा ५ वर्षसम्म १० प्रतिशत छुट दिने कम्पनीले जानकारी दिएको छ ।

सुजुकी
सुजुकी मोटरसाइकलको लागि आधिकारिक विक्रेता भिजी अटोमोबाइल्सले पनि नयाँ वर्षको अवसरमा उपहारको योजना ल्याएको छ । यो योजना अन्तर्गत सुजुकीका मोटरसाइकल र स्कुटर खरिद गर्नेले सामसुङ २३ इन्चको एलइडी टेलिभिजन प्राप्त गर्न सक्ने कप्पनीले जानकारी दिएको छ ।

इन्टरनेटमा कस्तो योजना छ ?

वल्र्ड लिंक
इन्टरनेट सेवा प्रधायक वल्र्ड लिंकले नयाँ वर्षको उपलक्ष्यमा ‘सेम प्राइज डबल धमका’ ल्याएको छ । नयाँ वर्षको शुरुवात वल्र्ड लिंकको अफरसँग, उही मुल्यमा डबल खुसी भन्ने नाराका साथ योजना ल्याएको हो ।

वल्र्ड लिंकले ल्याएको योजना अनुसार ३ एमविपिएस स्पिडको ३० जिबी डाटा ९ सय ९९ सय रुपैयाँ महिना थियो । नयाँ वर्षका लागि भने त्यही मुल्यमा ६० जिबी डाटा दिने भएको छ । यो योजना सबै डाटा प्लानमा लागु गरिएको वल्ड लिंकले जानकारी दिएको छ ।

क्लासिक टेक
इन्टरनेट सेवा प्रधायक क्लासिक टेकले नयाँ वर्षको उपलक्ष्यमा डबल इन्टरनेट अफर ल्याएको छ । अफर अघि ९ सय ९९ प्रति महिना १ एमविपिएस इन्टरनेट स्पिड रहेकामा अहिले २ एमविपिएस स्पिडको इन्टरनेट दिने कम्पनीले जानकारी गराएको छ । डबल अफर ३ एमविपिएसमा पनि रहेको कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु