उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन सुरु



काठमडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन सुरु भएको छ ।

नयाँ नेतृत्वको लागि आज विहान ८ बजेदेखि निर्वाचन गर्ने कार्यतालिका रहेपनि डेढ घण्टा ढिलो मतदानको प्रक्रिया सुरु भएको हो ।

महासंघको निर्वाचनमा पहिलो मत उद्योगी रोहिणी थपलियाले गरे । महासंघको संसोधित विधान अनुसार यो पटक अध्यक्षका लागि निर्वाचन हुने छैन ।

बरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधान र शेखर गोल्छाले उम्मेद्वारी दिएका छन् । प्रधान र गोल्छा प्यानल बनाएर निर्वाचन होमिएका छन् । प्रधानको एशोसियटमा प्यानल छैन । निर्वाचन सकिएपछि आज नै नतिजा सार्वजनिक हुने छ ।


क्लिकमान्डु