‘हुन्डाई फेस्टिभ डिलाइट’ विजेताहरुलाई पुरस्कार हस्तान्तरण



काठमाडौं। हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा संचालन  गरेको ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ । तीनकुने स्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेताहरुलाई लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा कन्ज्युमर आई नेपालकी अध्यक्ष बिमला खनालले पुरस्कार हस्तान्तरण गरे ।

सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको निशुल्क बीमा साथै १०० जना भाग्यशाली विजेताहरुले एक/एक तोला सुन र बम्परमा दुई जना भाग्याशाली विजेताहरुले एक/एक थान हुन्डाई इलाईट आई ट्वान्टी र हुन्डाई क्रेटा जित्ने अवसर प्राप्त गरेको कम्पनीले जनाएको छ ।

अफर अन्तर्गत, कुपन नम्बर ११०१ का क्रिएटिभ टच गार्मेन्ट ईन्डष्ट्रिजले हुन्डाई इलाईट आई ट्वान्टी प्राप्त गर्यो भने कुपन नम्बर १७६८ का नेत्र बहादुर खड्का, धरानले हुन्डाई क्रेटा प्राप्त गरे ।

सो योजना २०७३ भाद्र १३ गते देखि २०७३ कात्तिक २२ गते सम्म लागु गरिएको थियो ।


क्लिकमान्डु