गौरीशङ्करको विकट क्षेत्रमा टेलिकमको सेवा विस्तार

0
Shares

दोलखा । विकट गौरीशङ्कर आसपासका क्षेत्रमा नेपाल टेलिकमले सेवा विस्तार गर्न लागेको छ ।

सडक सञ्जाल समेत नपुगेको गौरीशङ्करको बेइदिङमा हेलिकप्टरबाट टावर निर्माणका लागि निर्माण सामग्री ढुवानी गरी निर्माणको काम सुरु गरिएको नेपाल टेलिकम दोलखा शाखाका प्रमुख श्याममणि अर्यालले जानकारी दिए।

यसअघि गौरीशङ्कर आसपासको क्षेत्र पूर्णरुपमा सञ्चार सेवाबाट वञ्चित रहेको थियो । टावर निर्माणको काम १५ दिनमा सकिने टेलिकमले जनाएको छ । सो क्षेत्रमा हेलिकोप्टरबाटै २५ केभीको जेनेरेटर समेत लगेर जडान गरिएको छ ।

Skip This