सामसङ मोबाइलको खरिदमा ८ हजारसम्मको छुट



काठमाडौं । नयाँ वर्ष उपलक्ष्यमा सामसङ  मोबाइलले क्यास ब्याक अफर ल्याएको छ । क्यास ब्याक अफर अन्तरगत सामसङले  ५ वटा सेट छुटमा विक्री गर्न लागेको हो ।

सामसङले अधिकतम ८ हजार रुपैयाँ देखि न्युनतम १ हजार रुपैयाँ छुटमा मोबाइल विक्री गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

बजार मुल्य ८८ हजार ९ सय रुपैयाँ रहेको ‘सामसुङ ग्यालेक्सी ए–७ ऐज’ ६८ हजार ९ सय रुपैयाँमा विक्री गर्नेछ । यस्तै ७७ हजार ९ रुपैयाँ पर्ने ‘सामसुङ ग्यालेक्सी ए–७’ ६५ हजार ९ सय रुपैयाँ ।

४५ हजार ९ सय रुपैयाँ पर्ने ‘सामसङ  ग्यालेक्सी ए–७’ अब ३९ हजार ९ सय रुपैयाँ पर्ने भएको छ । यस्तै ३७ हजार ९ सय रुपैयाँको ‘सामसुङ ग्यालेक्सी ए–५’ ३२ हजार ९ सय रुपैयामा आउने भएको छ ।

‘सामसङ ग्यालेक्सी जे–२’ मा १ हजार रुपैयाँको क्यास ब्याक अफर दिइएको छ । पुरानो मुल्य १५ हजार ९ सय रुपैयाँ रहेको थियो ।


क्लिकमान्डु