रोयल इन्फिल्डको वन राइड सम्पन्न



काठमाडौं । औद्योगिक घराना एमभी दूगड समूहको विवेक अटोमोबाईल्स प्रा.लि.ले रोयल इन्फिल्ड वन राइड २०१७ काठमाडौंलगायत नेपालको बिभिन्न ठाउँहरुमा ‘वन राइड’ आयोजना गरेको छ ।

रोयल इन्फिल्ड “Love for the machine and passion for riding” का लागी अप्रिलको पहिलो आइतबारका दिन हरेक वर्ष बिश्व भरीका बिभिन्न ठाउँमा रोयल इन्फिल्ड “वन राइड” आयोजना गरिदै आएको छ । सो वन राइड रोयल इन्फिल्ड सोरुम बालाजुबाट शुरुभई विभिन्न स्थानहुँदै सुकुटे विचमा पुगेर सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

काठमाडौं बाहेक पोखरा, नारायणगढ, इटहरी, बुटवल, दमक मा समेत वन राइड आयोजना गरिएको छ । यस राइडमा काठमाडौबाट सुकुटे विच सम्म ६५ वटा बुलेट बाइक, पोखरा बाट वेगनास ताल सम्म ४१ वटा, नारायणगढ बाट सैराह सम्म ५५ वटा, इटहरी बाट कोसी ब्यारेज सम्म २५ वटा, बुटवल देखि लुम्बिनी सम्म १८ वटा र दमक देखि सिमसार सम्म १५ वटा गरी  २१९ वटा बुलेट बाइकहरु का साथ २७५ जनाको सहभागिता रहेको थियो ।

विवेक अटोमोवाइल्स प्रा.लि ले आफ्ना शाखा तथा डिलर मार्फत २१ स्थानबाट रोयल इनफिल्डको विक्री वितरण तथा विक्री पछिका सेवा प्रदान गरीरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु