१० हजार व्यक्तिलाई दक्ष बनाउने योजनाका साथ ऐरावत ग्रुप नेपालमा



काठमाडौं । ऐरावत ग्रुप अन्तरर्गतको आईईएपीले आगामी ५ वर्ष भित्रमा १० हजार नेपालीलाई दक्ष बनाउने गरी भित्रिएको छ । ऐरावत गु्रप उड्यन, हस्पिटालिटी, रिटेल, हेल्थ केयर र सडक सुरक्षा लगायत क्षेत्रमा कार्यरत भारतिय समूह हो ।

सन् २०१७ अप्रिल सम्ममा ग्रुपले नेपाललगायत अन्य देशमा गरी ८ स्थानमा प्रशिक्षण संस्था स्थापना गरी सकेको छ । आईईएसपीले हालसम्म वैश्विक बजारका ३५ हजार भन्दा बढीलाई विमानस्थल, एयरलाइन्स, ग्राउण्ड ह्याण्डलिङ एजेन्सिज, हस्पिटल, होटल, रिटेलर्स लगायत क्षेत्रमा प्रशिक्षण प्रदान गरी सेकेको छ । साथै १० हजार भन्दा बढी प्रशिक्षार्थीलाई विभिन्न सेवा क्षेत्रमा कामको अवसर प्रदान गरी सकेको कम्पनीले जानकारी दिएको छ ।
यी क्षेत्रमा ऐरावतले परामर्श तथा लेखा परिक्षण (कन्सल्टिङ एण्ड अडिटिङ), प्रशिक्षण, ब्यापार तथा उत्पादन सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

विगत ६ बर्ष भन्दा लामो समयदेखि आईईएसपी नेपाल एयरलाइन्ससँग सम्बद्ध छ । आईईएसपीले नेपाल एयरलाइन्सका सञ्चालक, ब्यवस्थापकदेखि निर्देशक लगायत कर्मचारीलाई प्रशिक्षण तथा तालिम प्रदान गरी रहेको छ ।

ऐरावत गु्रप अन्तर्गतकै ऐरावत एभिएसन प्रालि (एएपीएल)ले ग्लोबल टेन्डर मार्फत नेपाल एयरलाइनलाई परामर्श प्रदान गर्दै प्रतिस्थित आईएटीए आईएसएजीओ प्रमाणिकरण हात पारेको हो । यसलाई कम्पनीले नेपाल एयरलाईन्सले सन् २०१७ मा हात पारेको सफलताका रुपमा ब्याख्या गरेको छ ।

आउने १८ महिना भित्र आईईएसपीले दुबइ, श्रीलङ्का, साउदी अरेबिया र फिलिपिन्समा समेत आफ्नो प्रशिक्षण केन्द्र स्थापना गर्ने जानकारी दिएको छ । दुबइमा केन्द्र स्थापना गरिने हुँदा विद्यार्थीहरुलाई मध्य पूर्वी क्षेत्रमा समेत राम्रो अवसर प्रदान गर्न सकिने कम्पनीले आशा ब्यक्त गरेको छ ।

आईइएसपीको प्रशिक्षण प्राविधिक शैक्षिक सामग्रीमा मात्र निर्भर नरहेको कम्पनीले जानकारी दिएको छ । यसका साथै अनुशासन, प्रबल सञ्चार कौशल मार्फत विश्व बजारमा सफल हुने मनोबृत्ति विकास गर्ने जस्ता अप्राविधिक ज्ञान समेत कम्पनीले प्रदान गर्ने जानकारी दिएको छ ।


क्लिकमान्डु