सिभिल बैंकमा हामा मर्चेन्ट र युनिक फाईनान्स प्राप्ति गर्ने अन्तिम सम्झौता



काठमाडौं । सिभिल बैंकमा हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेड र युनिक फाईनान्स लिमिटेड प्राप्ति गर्ने सम्बन्धमा आईतबार अन्तिम सम्झौता भएको छ ।

सम्झौतामा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ, हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेडका अध्यक्ष राजन कृष्ण श्रेष्ठ र युनिक फाईनान्स लिमिटेडका अध्यक्ष डा. विनोद बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरे । प्राप्तिपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बंैकको हालकै संचालक समिति तथा उच्च व्यवस्थापन यथावत हुने बताइएको छ ।

प्राप्ती बैंकको निक्षेप ३३ अर्ब ६३ करोड कर्जा लगानी ३१ अर्ब ६८ करोड तथा चुक्ता पुँजी ५ अर्ब ६८ करोड पुग्ने छ । दुवै संस्थाको प्राप्ति र गतवर्षको मुनाफाबाट बोनश सेयर जारी गरे पश्चात कायम हुन आउने चुक्ता पुँजीमा २० प्रतिशत हकप्रद सेयर जारी गर्ने नपुग रकमको लागि मर्जर तथा एक्विजेशन गरेर असार मसान्तसम्ममा ८ अर्ब चुक्ता पुँजी पुर्याउने बैंकले जनाएको छ ।


क्लिकमान्डु