बैंकहरुसँग डलर भए आयातकर्तालाई डलरमै ऋण दिन पाउने




काठमाडौं । बाणिज्य बैंकहरुले आफूसँग अमेरिकी डलर भए आयातकर्तालाई डलरमै ऋण दिन पाउने भएका छन् । बिदेशबाट सामान आयात गर्ने ब्यापारिक फर्म तथा कम्पनीले प्रतितपत्र (एलसी) मार्फत आयात हुने सामानको लागि भुक्तानी गर्नुपर्ने रकमसम्मको लागि बढीमा ९० दिनसम्म बैंकहरुले डलरमा ऋण दिन पाउने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले नीतिगत ब्यवस्था परिवर्तन गरी यस्तो सुविधा दिएको हो । बैंकहरुले आफूसँग रहेको स्वतन्त्र (फ्रि अफ चार्ज) अमेरिकी डलर मौज्दातको ब्याकअपमा ममात्र यस्तो कर्जा दिन सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

तर यस्तो कर्जा दिने प्रयोजनको लागि राष्ट्र बैंकबाट सटही सुविधा भने पाइने छैन । आगामी बैशाख मसान्तसम्मको लागि यस्तो कर्जा दिन पाइने सहुलियत प्रदान गरिएको हो ।

यस्तो कर्जा दिइएमा कर्जा दिएको ७ दिन भित्रमा नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागमा विवरण पेश गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ ।


क्लिकमान्डु