नेपालको जिडिपीभन्दा चार गुणा ठूलो आइपिओ आउँदै



काठमाडौं । साउदी अरबको स्वामित्वमा रहेको तेल कम्पनी सउदी अरामकाेले बिश्वकै सबैभन्दा ठूलो सार्वजनिक निष्कासन(आइपिओ) जारी गर्ने भएको छ । यो सँगै कम्पनीले सन् २०१४ मा चीनियाँ कम्पनी अलिबाबाले जारी गरेको २५ अर्ब अमेरिकी डलर आइपिओको रेकर्ड समेत तोड्नेछ ।

साउदी अरब सरकारले आफ्नो स्वामित्वमा रहेको तेल कम्पनी सउदी अरामकोकाे ५ प्रतिशत सेयर बिक्री गर्न चाहेपछि सो आइपिओ जारी हुने भएको हो । कुल आइपिओ एक खर्ब अमेरिकी डलर आसपास हुने छ । यो नेपालको कुल ग्राहस्र्थ उत्पादन (जिडिपी) को आकारभन्दा चार गुणा ठूलो हुनेछ ।

यो रकम अहिलेसम्मको सबैभन्दा ठूलो आइपिओ अलिबाबा भन्दा ४ गुणा ठूलो हो । आइपिओ पछि कम्पनीको मुल्य २ ट्रिलियन डलर हुनेछ । यो संसारका ठूला कम्पनीहरु एप्पल, बर्कसाएर हाथवे, फेसबुक आदि भन्दा कैयौं गुणा बढी हो ।

सउदी अरम साउदी अरबको घरेलु स्टक एक्सचेन्जमा सूचीकृत हुनेछ । कम्पनीको आकार निकै ठूलो भएका कारण घरेलु स्टक एक्सचेन्जको अलावा अर्को एक स्टक एक्सचेन्जमा पनि सूचीकृत हुनेछ । त्यसैले संसारका ठूला सेयरबजारहरु हङकङ, न्युर्योक, टोरन्टो, सिङ्गापुर र टोकियोका स्टक एक्सचेन्जहरु यस कम्पनीलाई सूचीकृत गराउने  दौडधुपमा लागेका छन् ।

सउदी अरमको सेयर पब्लिकलाई बेच्नुको मुल कारण भनेको साउदी अरब आफ्नो अर्थब्यवस्थालाई तेलमा मात्र निर्भर नगराई बिबिधिकरण गर्न चाहन्छ । सउदी अरमको सेयर बेचेपछि प्राप्त हुने रकम पब्लिक इन्भेस्टमेन्ट फण्डको माध्यमबाट अर्थतन्त्रमा बिबिधिकरण ल्याउने साउदी अरबको योजना छ ।

साउदी अरमको आइपिओ पछि तेलको मुल्यका थोरै उछाल आउन सक्ने बिज्ञहरुले बताएका छन् ।


क्लिकमान्डु