सगरमाथा फाइनान्सको सेयर लिलामी फागुन २६ देखि



 

काठमाडौं । सगरमाथा फाइनान्सको सेयर लिलामी फागुन २६ देखि खुला हुने भएको छ ।

लिलामी बन्द चैत २ मा हुने फाइनान्सले जनाएको छ । फाइनान्सले हकप्रद सेयर जारी गरेपछि बिक्री नभएको सेयर लिलाम बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।

 फाइनान्सले हकप्रद जारी गर्दा बिक्री नभएको संस्थापक सेयरधनीको ७ लाख २० हजार ३ सय १८ कित्ता सेयर तथा सर्वसाधरण सेयरधनीको १ लाख ६७ हजार १ सय ४४ कित्ता सेयर बिक्रीको लागि लिलामीमा राखेको हो । सगरमाथा फाइनान्सको लिलामीबाट सेयर खरिदको लागि फाइनान्सको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिने छ । लिलामी गर्दा संस्थापक तर्फ न्यूनतम १ हजार कित्ता तथा सर्वसाधरण तर्फ न्यूनतम १ सय कित्ता आवेदन गर्न सकिने छ ।

फाइनान्सले सेन्चुरी बैंकसँग गाभिने निर्णय गरेको छ ।


क्लिकमान्डु