कारोबारको पहिलो दिन नेप्सेमा देखियो उत्साह, ६१ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४.९३ अंकले बढेको छ ।

साताको पहिलो दिन सेयर कारोवार बन्द हुँदा नेप्से परिसूचक १३५४.३४ अंकमा आइपुगेको छ । आइतबार नेप्सेमा १ सय ४१ कम्पनीका ११ लाख ८५ हजार कित्ता सेयर किनबेच भएको छ । ६१करोड १ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज अन्य समूहको परिसूचकमा सामान्य गिरावट देखिएको छ । अन्य समूहमा ०.२९ अंकले गिरावट आएको हो । होटल ४७.९३, वित्तीय ७.०७, बैकिङ २३.१४, विकास बैंक २४.९८, जलविद्यृत १७.५५, बीमा २२६.२ र उत्पादन मुलक २१.७९ अंकले बढेका छन् ।

सबैभन्दा बढी कमाउने लगानीकर्तामा आरएसडी लघुवित्तका लगानीकर्ता छन् । आरएसडीका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा गुहेश्वरी मर्चेन्टका लगानीकर्ता छन् । गुहेश्वरीका लगानीकर्ताले ३.५ प्रतिशतले लगानी गुमाएका छन् ।


क्लिकमान्डु