तेस्रो चरणको वित्तीय क्षेत्र सुधारका लागि विश्व बैंकको ११ अर्ब ऋण




काठमाडौं । विश्व बैंकले नेपाललाई तेस्रो चरणको वित्तीय क्षेत्र सुधारको लागि ११ अर्ब रुपैयाँ(१० करोड अमेरिकी) डलर दिने भएको छ । विश्व बैंकको शुक्रवार तेस्रो चरणको सुधार(डेभलपमेन्ट पोलिसी क्रेडिट) अन्तर्गत ११ अर्ब रुपैयाँको ऋण सहयोग स्वीकृत गरेको हो ।

विश्व बैंकले जारी गरेको विज्ञप्ती अनुसार तीन क्षेत्रमा खर्च हुने छ । जसमा वित्तीय विकास,वित्तीय क्षेत्र पुनरसंरचना तथा वित्तीय क्षेत्रको विस्तारको लागि खर्च हुने छ ।

विश्व बैंकको नेपालका लागि कन्ट्री म्यानेजर ट्याकुवा कमाटाले यसबाट वित्तीय क्षेत्रको विस्तारको लागि सहयोग हुने बताए ।

‘यसबाट सामाजिक सुरक्षा र महिला शसक्तिकरणमा जोड दिएको छ’,उनले भने,‘ यसबाट भूकम्पपछिको नेपालको बृहत आर्थिक सुधारमा जोड दिएको छ ।’

विश्व बैंकले उपलब्ध गराएको ऋण अन्तराष्ट्रिय मुद्रा कोष र बेलायती सहयोग नियोगले उपलब्ध गराउने सहकार्यमा चल्ने छ ।

नेपालले अघिल्लो वर्ष पाउनुपर्ने ऋण कानूनी सुधार नभएको कारण अड्केको थियो ।


क्लिकमान्डु