लगानी सम्मेलनमा कुन कम्पनीले कति लगानीको प्रतिबद्धता गरे सूचिसहित



काठमाडौं । दुई दिने अन्तराष्ट्रिय लगानी सम्मेलन १३ खर्ब ६० अर्ब रुपैयाँको लगानीको प्रतिबद्धता सँगै सकिएको छ ।

१६ कम्पनीले जलविद्युत्, पूर्वाधार लगायतको क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता गरेका हुन् ।
लगानी सम्मेलनमा नेपाल आएका र प्रतिबद्धता व्यक्त गरेका लगानीकर्ताको सबैभन्दा बढी चासो जलविद्युत् क्षेत्रमा देखिएको छ ।
लगानी बोर्डका अनुसार जलविद्युत् पछि एअरपोर्ट तथा पूर्वाधार आयोजनामा लगानीकर्ताले लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । खाद्यान्य तथा स्टील तथा खानी उद्योगपनि लगानीकर्ताको प्राथमिकता परेको छ ।
लगानी सम्मेलनमा सबैभन्दा बढी लगानी गर्ने प्रतिबद्धता चीनले गरेको छ । चीनबाट सम्मेलनमा सबैभन्दा बढी सहभागिता थियो । चीनको चाइना मेसिनरी एक्लैले ३ खर्ब लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्लिकमान्डु