नेपालमा रहेका ५०० र १००० का भारु साटिने जेट्लीको घोषणा




काठमाडौं । भारतीय अर्थमन्त्री अरुण जेट्लीले नेपालमा रहेको ५०० र १ हजार दरको नोट साटिने बताएका छन् । लगानी सम्मेलनमा भाग लिन नेपाल आएका जेट्लीले शुक्रवार बिहान पत्रकारहरुसँग छोटो कुराकानी गर्दै भारु साटिने बताएका हुन् ।

भारत सरकारले ५०० र १००० दरको नोटमा लगाएको प्रतिबन्ध पछि नेपालमा रहेको नोट साटिएको छैन । विहीवार राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालसँगको छलफलमा जेट्लीले नोट साटिने विषयमा सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।

दुई दिन अगाडि आएको भारतीय रिर्जब बैक(आरबिआई)को टोलीले भारु साट्ने विषयमा केन्द्रीय बैंक र नेपालका बैंकरसँग छलफल गरेको थियो ।

यो पनि पढ्नुहोस्- प्रतिबन्धित भारु नोट छिट्टै साटिने भारतीय वित्तमन्त्रीको बचन


क्लिकमान्डु