सुधाराेन्मुख पूँजी बजार, कारोबारको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको वृद्धि



काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १२.६१ अंकले बढेर १३२९.४१ मा पुगेको छ ।

लगातार ६ दिनसम्म घटेको नेप्से हिजो बुधबार र आज बिहिबार लगातार दोहोरो अंकले बढेको छ । कारोबार रकममा पनि सुधार आएको छ । बुधवार ३२ करोडको तुलनामा आज ४१ करोड रुपैंयाको कारोबार भएको छ।

साताको कारोबारको अन्तिम दिन नेप्सेमा खासै ठूलो उतारचढाव आएन । कारोबार शुरु भए देखिनै बजार बढ्दो क्रममा रह्यो ।

बिहिबार १३४ कम्पनीको ९ लाख २८ हजार २ सय १० कित्ता सेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ । उत्पादन र अन्य बाहेक सबै उप—सूचक बढेका छन् । उत्पादन र अन्य क्रमशः२.७२ अंक र ०.७९ अंकले घटेका छन् ।

यसैगरी बैंकिङ ११.९१ अंक, बिकास बैंक १०.२४ अंक, होटेल ११३.९६ अंक, जलविद्युत २९.६१ अंक, बित्त ४.०९ अंक र बिमा ९५.१३ अंकले बढेका छन् ।

५० प्रतिशत हकप्रद बुक गर्ने आज अन्तिम दिन भएका कारण कुमारी बैंकको सबैभन्दा बढि १० करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बंगलादेश बैंकले २ करोड ९६ लाख सहित कुमारीलाई पछ्याएको छ । यसैगरी नेपाल लाइफको २ करोड ७० लाख र इन्भेष्टमेनट बैंकको १ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेती फाइनान्स, आरएसडिसी लघुवित्त र सोल्टी होटेलको सेयर मुल्य १० प्रतिशतले बढेको छ । बुटवल पावर कम्पनी र वोमी माइक्रो फाइनान्सका लगानीकर्ताले पनि क्रमशः७.७९ र ६.७६ प्रतिशतले कमाएका छन् ।

बिहिबार स्वरोजगार लघुबित्तको सेयर मुल्यमा सबैभन्दा बढि ५.६८ प्रतिशतले गिरावट आएको छ । यसैगरी किसान माइक्रोफाइनान्स, कर्णली बिकास बैंक र अपि पावरका लगानीकर्ताले क्रमशः ३.९०, ३.४८ र ३.४२ अंकले गुमाएका छन् ।


क्लिकमान्डु