भक्तपुरको सुडालमा एनएमबिको शाखा रहित सेवा सञ्चालनमा




एनएमबि बैंकले भक्तपुरको सुंडालमा शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको छ । उक्त बैकिङ्ग सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले पिओटि मेसिन स्थानिय प्रतिनिधि केशव न्यौपानेलाई हस्तान्तरण गरेका थिए ।

पिओटि मेसिनमा डेविट/क्रेडिट कार्ड वा औंठा छापको प्रयोग गरी अत्यन्त सुरक्षित तरीकाले क्यास डिपोजिट तथा विथड्रल, युटिलिटि पेमेन्ट तथा ब्यालेन्स ट्रान्सफर लगाएत अन्य सुबिधा प्राप्त गर्ने सकिने बिज्ञप्तीमा उल्लेख छ ।

यो नयाँ शाखा रहित बैकिङ्ग सेवा सँगै बैंकको कुल ७२ शाखा ५७ एटिएम र ७ एक्टेन्सन काउन्टर पुगेको छ ।


क्लिकमान्डु