पशुपति पेन्ट्सद्वारा महापर्वको रङ्गोत्सव योजनाको विजेता घोषणा



 

काठमाडौं । पशुपति पेन्ट्सले दशैं तिहारको अवसरमा आयोजना गरेको ‘पशुपति पेन्ट्स महापर्वको रङ्गोत्सव’ योजनाको विजेताको घोषणा गरेको छ ।

भाद्र १५ देखि मंसिरको अन्तिमसम्म आयोजित उक्त योजनामा शान्त्वना पुरस्कारका रुपमा १६ जनालाई १० तोला चाँदी प्रदान गरिएको थियो ।

छैटौ पुरस्कारका रुपमा ८ जनालाई ५ ग्राम सुन, पाँचौ पुरस्कारका रुपमा ८ जनालाई स्मार्टफोन, चौथौँ पुरस्कारका रुपमा चार जनालाई २ सय २० लिटरको फ्रिज र तेस्रो पुरस्कारका रुपमा चार जनालाई वासिङ मेसिनको पुरस्कार दिएको थियो ।

त्यसैगरी दोस्रो पुरस्कार विजेताले ४२ ईञ्चको स्मार्ट टेलिभिजन हातपार्ने जानकारी कार्यक्रम मार्फत दिइयो । उपहार योजनाको बम्पर उपहारका रुपमा ३ सय ५० सीसीको रोयल एन्फिल्ड मोटरसाइकल १ जनालाई प्रदान गरिने बताइएको छ ।


क्लिकमान्डु