नेप्से दोहोरो अंकले बढ्यो, ३२ करोड रुपैयाँको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ । बुधवार नेप्से सूचक १७.५१ अंकले उकालो लागेको हो । सेयर कारोवार बन्दहुँदा नेप्से परिसूचक १३१६.८० अंकमा अडेको हो ।

बुधबार नेप्सेमा १ सय ३५ कम्पनीका ६ लाख ५० हजार कित्ता सेयरको कारोबार भएको छ । ३२ करोड ५ लाख ४२ हजार रुपैयाँको कुल कारोबार भएको छ ।

आज वित्तीय समूहको परिसूचकमा सामान्य गिरावट देखिएको छ । वित्तीय समूहमा ०.६५ अंकले गिरावट आएको हो । होटल २६.९८, अन्य समूह ४.६२ बैकिङ १३.५२, विकास बैंक १५.३१, जलविद्यृत २.७९, बीमा २१४.७१ र उत्पादन मुलक ३०.०९ अंकले बढेका छन् ।

सबैभन्दा बढी कमाउने लगानीकर्तामा प्रिमियर इन्स्योरेन्सका लगानीकर्ता छन् । प्रिमियरका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ता छन् । सिन्धुका लगानीकर्ताले ९.७४ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु