ग्रीसले ईयू र आईएमएफसँग कर्जाबारे छलफल थाल्यो



ग्रीस । आर्थिक सङ्कटबाट ग्रस्त ग्रीसले आफूलाई दिइएको कर्जाका विषयमा युरोपियन युनियन (ईयू) र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग मङ्गलबारदेखि पुनः छलफललाई अगाडि बढाएको छ ।

ग्रीस अधिकारी र ग्रीसका जमानतदाता राष्ट्र तथा सङ्घसङ्गठनका प्रतिनिधिबीच एथेन्समा सुरु भएको वार्तामा नयाँ कर्जालाई व्यवस्थापन गर्ने विषयले प्राथमिकता पाएको ग्रीक वित्त मन्त्रालयले जनाएको छ ।

ईयू र अन्तर्राष्ट्रिय मुद्राकोष ग्रीसको बजेटको लक्ष्य र कर्जा सहयोगका विषयमा लामो समयदेखि थाँती रहेको गतिरोध गतहप्ता ब्रसेल्समा भएको छलफलपछि टुङ्गिएको थियो । ग्रीसले ब्रसेल्स सहमतिलाई ‘सम्मानजनक’ बताएको छ ।

युरोपेली नेताहरुले अमेरिकी दाताद्वारा गरिएको ‘सरल बजेट लक्ष्य’का विषयमा आएको धारणामा अन्तर्राष्ट्रिय मुद्राकोषसँग फरक धारणा राख्दै आएका थिए । सरल बजेटले ग्रीसलाई ठूलो कर्जा चुक्ता गर्न मद्दत गर्ने ग्रीक अधिकारीले बताइँदै आएका छन् । रासस/एएफपी


पुष्प दुलाल