पुरानो जुत्ता लैजानुहोस, एडिडासको नयाँ जुत्ता ३ हजार छुटमा किन्नुहोस



काठाडौं । तपाईसँग कुनै पनि ब्राण्डका पुराना जुत्ता छन् । त्यसो हो भने जानुस्, रुट्स फेशनमा । रुट्स फेशनले कुनै पनि लगाउन योग्य पुरानो पुरानो ब्रान्डका जुत्ताको सट्टामा एडिडास ब्रान्डका जुत्ता खरिद गर्दा विशेष छुट दिने योजना ‘रिफ्रेश योर गियर’ सञ्चालनमा ल्याएको छ ।

योजनामा ग्राहकले २ हजार रुपैयाँ देखि ३ हजार रुपैयाँ सम्म छुट दिने कम्पनीले जाकारी दिएको छ ।

ग्राहक हरेक ६ हजार ९ सय ९९ रुपैयाँकोे एडिडास ब्रान्डका जुत्ताको खरिदमा २ हजार रुपैया र सोभन्दा माथिको मूल्यको एडिडास ब्रान्डका जुत्ताको खरिदमा २ हजार ५ सय रुपैयाँ ।साथै १० हजार ९ सय ९९ भन्दा मथिको मुल्यको जुत्तामा ३ हजार छुट पाउने कम्पनीले जानकारी दिएको छ ।

यस अघिका वर्षहरुमा सञ्चालन गरिएका यसै योजना अन्तर्गत सङ्कलित पुराना तर लगाउन योग्य जुत्ताहरु रुट्स फेशनले “कर्णाली ग्रामीण प्रवद्र्घन तथा सामाजिक विकास पार्क”, “माईती नेपाल” र “न्यानो संसार” लाई हस्तान्तरण गरेको थियो । यस वर्ष भने कम्पनीले एक्सचेन्ज योजना अन्तर्गत संकलित पुराना जुत्ताहरु हरि रोकाया लाई प्रदान गरिने छ ।

हरि रोकाया पश्चिम नेपालमा युवाहरु माझ खेलकुदमा सक्रिय रहेका छन् । साथै उनि गिनिज बुक अफ वल्ड होल्ड पनि हुन ।
योजना चैत १९ (अप्रिल १) बाट शुरु भई एक महिना अवधि रहने छ । उक्त योजना पुरुष तथा महिला स्पोर्टस जुत्ता बाहेकका अन्य जुत्ताहरु (चप्पल, हिल जुत्ता, छालाका जुत्ता, बच्चाका जुत्ता तथा लगाउन नमिल्ने जुत्ता) मा भने लागु हुने छैन ।


क्लिकमान्डु