फास्टट्रायक आयोजनाको बजेट नकाट्न माग राख्दै प्रदर्शन




काठमाडौं । फास्ट ट्रयाक र दोस्रो अन्तराष्ट्रिय विमानस्थनल निर्माणका लागि बिहिबार काठमाडौंको माइतीघर मण्डलामा दबाब मुलक ब्यानर प्रदर्शनी गरिएको छ ।

तराई–मधेशलाई काठमाडौंसँग जोड्ने द्रुतमार्ग र अन्तराष्ट्रिय विमानस्थल देश विकासको आधार भन्दै ‘युवा सरोकार समूह बारा’ ले प्रदर्शनी गरेको हो ।
सरकारले यो वर्ष १० अर्ब फास्टट्रायकको लागि विनियोजन गरेको भएपनि खर्च नहुँने भन्दै आयोजनाको रकम काट्ने तयारी गरेको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि बजेट खर्च गर्न नसकेर बजेटकाले विरोध स्वरुप व्यानर प्रदर्शनी गरिएको पूर्व खेलकुद मन्त्री तथा बारा क्षेत्र नम्बर ६ का सांसद पुरुषोत्तम पौडेलले जानकारी दिए ।

‘आयोजना निर्माणका लागि विकास समिति र योजना समिति यथार्शिग्र स्थापना गरी आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यान केन्द्रित होस् भनेर प्रदर्शनी गरिएको हो,’ पौडेलले भने ।

प्रदर्शनीको नेतृत्व युवा सरोकार समूह बाराका संयोजक ऋषीप्रसाद बडालले गरेका थिए । प्रदर्शनीमा सयौंको संख्यामा युवाहरुको सहभागीता रहेको थियो ।


क्लिकमान्डु