नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीलाई आस्वा बारे तालिम



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना कर्मचारीहरुलाई आस्वालगायत निक्षेप सदस्य सम्बन्धी कार्यको विस्तृतमा जानकारी दिन आयोजना गरेको दुई दिने तालिम सम्पन्न भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र सहायक कम्पनी एनआईबिएल क्यापिटल मार्केट्सको सहकार्यमा बैंकको शाखा कार्यलयहरु भैरहवा, वुटवल, कृष्णनगर र पाल्पाका कर्मचारीहरुलाई सो तालिम दिएको हो । शनिबार र आइतबार दिइएको तालिमबाट कर्मचारीहरुले आस्वा के हो र यो कसरी भरिन्छ लगायत निक्षेप सदस्य सम्बन्धी कार्यहरुको बारेमा विस्तृतमा अन्तरक्रिया गरेका थिए ।

पछिल्लो समय प्राथमिक शेयर निष्काशनमा आस्वामार्फत आवेदन अनिवार्य गरिएकोले यस प्रक्रिया मार्फत निवेदन दिने लगानीकर्ताहरुको संख्या दिन प्रति दिन बढ्दो छ ।

कर्मचारीलाई यस विषयमा दक्षता प्रदान गरी आफ्ना ग्राहक महानुभावहरुलाई अझ सर्वसुृलभ सेवा प्रदान गर्नु नै तालिमको मुख्य उदेश्य रहेकोे बैंकले जनाएको छ ।

 


क्लिकमान्डु