सिदार्थ डेभलपमेन्ट बैंकलाई ६० प्रतिशत हकप्रद ल्याउन अनुमती




काठमाडौं । धितोपत्र बोर्डले सिदार्थ डेभलपमेन्ट बैंकलाई ६० प्रतिशत हकप्रद ल्याउन अनुमती दिएको छ ।

जनता बैंकसँग मर्जरमा जान लागेको सिदार्थ डेभलपमेन्ट बैंक हकप्रद जारी गरेपछि मर्जरमा जाने बैंकका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए । ‘ अहिले बैंकको चुक्ता पुँजी १ अर्ब ४२ करोड रहेको छ’,उनले भने,‘ हकप्रद जारी भएपछि बैंकको चुक्ता पुँजी २ अर्ब २७ करोड पुग्ने छ।’ विकास बैंकको लागि राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुग्ने भएपछि सिदार्थ डेभलपमेन्ट बैंकले जनतासँग मर्जरमा जाने सम्झौता गरेको छ ।

सिदार्थ डेभलपमेन्ट बैंकले ८५ लाख १५ हजार कित्ता हकप्रद ल्याउन लागेका हो । यसको निष्कासन तथा बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट रहेको छ ।

यस्तै धितोपत्र बोर्डले फस्ट माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ। फस्ट माइक्रोफाइनान्सले १३ लाख २५ हजार कित्ता हकप्रद ल्याउने छ । यसको निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

हाम्रो विकास बैंकले पनि ३० लाख कित्ता हकप्रद ल्याउन अनुमती पाएको छ । हाम्रो विकास बैंकले २ सय प्रतिशत हकप्रद ल्याउन लागेको हो । बैंकको निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबिएल क्यापिटल रहेको छ ।


क्लिकमान्डु