युटीएस र टोयोटा नेपाल ५० औं वर्षमा प्रवेश, टोयोटाका नयाँ २ गाडी सार्वजनिक



काठमाडौं । टोयोटा नेपाल तथा टोयोटा गाडीको नेपालका लागि एक मात्र आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा. लि. (युटीएस) आफ्नो स्थापनाको ५० औं वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ ।

यसैबिच आज कम्पनीले काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरेको हो । भोइथ कम्प्लेक्स धुमबाराहीमा टोयोटाको अत्याधुनिक थ्रीएस सुविधायुक्त नयाँ शोरुमको संचालनमा ल्याएको छ ।

सोही कार्यक्रममा कम्पनीद्धारा भोइथ कम्प्लेक्ससँगै जोडिएको सामुदायिक बगैँचाको निर्माणका साथसाथै वृक्षारोपण पनि गरेको छ ।

सोही अवसरमा बोल्दै टोयोटा मोटर एसिया प्यासिफिक प्रालिका अध्यक्ष हिरोयूकी फुकुरीले टोयोटाका बारेमा जानकारी दिएका थिए ।

सो कार्यक्रममा टोयोटाका अत्याधुनिक नयाँ २ गाडीहरु अल न्यू इनोभा तथा अल न्यू फच्र्यून सार्वजनिक गरिएको थियो ।


क्लिकमान्डु