जनतामा सेयर लिलामी २ सय ८२ रुपैयाँ बोली लगाउने पाए सेयर




काठमाडौं । जनता बैंकले लीलामी गरेको सेयर सर्वसाधरण तर्फ २ सय ८२ रुपैंयाँ र प्रमोटर तर्फ १ सय ५ रुपैंयाँ र सो भन्दा बढि बोली लगाउनेले पाउने भएका छन् ।

५० प्रतिशत हकप्रदमा नबिकेको सेयर बैंकले लीलामीमा राखेको थियो । बैंकले सर्वसाधरण तर्फ ३ लाख ७१ हजार २६ कित्ता र प्रमोटर तर्फ ३ लाख ९६ हजार ५ सय २६ कित्ता सयेर लिलामीमा राखेको थियो ।

जनता त्रीबेणी बिकास बैंकसँग कर्जर प्रक्रियामा रहेका कारण नेप्सेमा कारोबार बन्द छ । बैकको अन्तिम कारोबार मुल्य ३ सय ८७ रुपैंयाँ थियो ।


क्लिकमान्डु