साढे ३ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्दै राष्ट्रबैंक




काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ३ अर्ब ४९ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ ।

राष्ट्र बैंकले सूचना प्रकाशित गरेर वाणिज्य बैंक,विकास बैंक र फाइनान्स कम्पनीमा मुद्दती निक्षेप राख्न लागेको हो ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा वाणिज्य बैंकमा २ अर्ब ७९ करोड ८० लाख रुपैयाँ,विकास बैंकमा ५२ करोड ७६ लाख रुपैयाँ,फाइनान्स कम्पनीमा १७ करोड ४८ लाख रुपैयाँ राख्न लागेको हो ।

ऋण योग्य रकमको अभावको लागि अल्पकालिन अवधीको निक्षेप तानिरहेका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले साढे ३ अर्ब रुपैयाँको मद्दती निक्षेपको गिफ्ट दिएको छ । मुद्दती निक्षेप बैंक तथा वित्तीय संस्थाले २०७४ बैशाखदेखि २०७५ बैशाख १ सम्म राख्न पाउने छन् । मुद्दती निक्षेप लिनको लागि बैंक तथा वित्तीय संंस्थाले शुक्रबार ११ बजेसम्ममा शिलबन्धी प्रस्ताव पेश गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो सातासम्म वाणिज्य बैंकसँग १९ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कर्जा प्रवाह १६ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ ।


क्लिकमान्डु