कृषि विकासको बोनस र सानिमाको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । कृषि विकास बैंकले भोली चैत १८ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । त्यसकारण २० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ९० करोड ६६ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । बैकको हाल चुक्ता पूँजी ७.०८ अर्ब रुपैंयाँ रहेको छ र राष्ट्र बैंकले तोके बमोजिम ८ अर्ब पूँजी पुर्याउन बैंकले थप १३ प्रतिशतले चुक्ता पूँजी बढाउनुपर्ने छ ।


त्यस्तै, सानिमा बैंकको ३० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले भोलीबाट सेयरधनी दर्ता किताब बन्द गर्दैछ ।

बैंकले हालको चुक्ता पूँजीको ३० प्रतिशतका हिसाबले १ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

बैंकले सिटिजन्स क्यापिटललाई इस्यु म्यानेजर नियुक्त गरेको छ ।

सानिमाले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ६२ करोड २५ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । ३० प्रतिशत हकप्रद पछि बैंकको चुक्ता पुँजी ६ अर्ब ९० करोड रुपैंयाँ पुग्नेछ । राष्ट्र बैंकले तोके बमोजिम ८ अर्ब पुँजी पुर्याउन बैंकले थप १६ प्रतिशत पुँजी बढाउनुपर्नेछ ।

 


क्लिकमान्डु